शेयर बजारमा १५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ जेठ ६ मंगलवार १५:३७
shares

काठमाडौं, ६ जेठ । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.०९ अंकले बढेर २,६८१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ३१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयरमा विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ३.०९ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन एनएमबि ५०का लगानीकर्ताले २.१३ प्रतिशतका दरले गुमाएका छन् भने सेन्चुरी ऋणपत्र र एनसिसि ऋणपत्रका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट ऋणपत्रका लगानीकर्ताले १.९६ प्रतिशतका दरले गुमाएका छन् ।



















