उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ जेठ ६ मंगलवार १५:२५
shares

काठमाडौं, ६ जेठ । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.०९ अंकले बढेर २,६८१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ३१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी ओम मेगाश्री फार्मास्युटिकल्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंक र राप्ति हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।



















