Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर, २२९ कम्पनीको शेयर मूल्य बढ्यो

3.07K
shares

काठमाडौं, ६ जेठ । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.०९ अंकले बढेर २,६८१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ३१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.३९ प्रतिशतका दरले गुमाएका छन् ।