राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुने सहमति
वि.सं.२०८२ जेठ ६ मंगलवार १४:२९
4.03K
shares
shares

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको नेताहरुको भनाइ छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।



















