Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजार यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.3K
shares

काठमाडौं, ८ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.४० अंकले बढेर २,६८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ८२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् भने फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कुमारी बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतका दरले कमाएका छन् भने एनएमबि लघुवित्तका लगानीकताृले ५.९७ प्रतिशतका दरले कमाएका छन् ।