५ वटा बैंकको शेयर कारोबार रोक्का
वि.सं.२०७९ असार ३ शुक्रवार १३:२८
shares

काठमाडौं, ३ असार । सञ्चालनमा रहेको ५ वटा वाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ । एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा रहका पाँच वटा बैंकको कारोबार रोक्का भएको हो ।
मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको शेयर कारोबार रोक्का भएको हो ।
यस्तै मर्जरमा जाने भएपछि मेगा र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार पनि रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको छ । जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो । २७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट शेयर कारोबार रोक्का भएको छ ।
यता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि शेयर कारोबार रोक्का भएको हो । असार २ गते दुवै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बिहीबार देखि नै दुवै बैंकको शेयर कारोबार रोक्का भएको हो ।















