Dhulikhel Eco Banner new

७ अंकले घट्यो नेप्से परिसुचक

5.27K
shares

काठमाडौं, ३ असार । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ७ दशमलव ५७ अंकले घटेको छ । यो शुक्रबारको १ बजेसम्मको पहिलो कारोबार हो । आजबाट हप्तामा ६ दिन कारोबार हुने भएको छ ।

यो हप्ताभरिमा बिहिवार १२ अंकले बढको थियो भने बाँकी सबै दिन ओरालो लागेको छ ।
शुक्रबार नेप्से परिसुचक शुन्य दशमलव ३८ प्रतिशतले घटेर १९७१ दशमलव ३६ बिन्दुमा पुगेकोे हो ।

न्प्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ६९ अंकले घटेको छ ।

दिनभर भएका १५ हजार १ सय ६२ कारोबारबाट २२० कम्पनीका २३ लाख ५४ हजार ९ सय ११ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ पुगेको छ ।