Dhulikhel Eco Banner new

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बनमा

5.55K
shares

काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको यो मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो रकम असुल उपर गर्न माग गरिएको छ। यो पहिलो पटक हो कि कुनै पूर्वप्रधानमन्त्रीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दामा आरोप लगाइएअनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी तथा सार्वजनिक सम्पत्तिमा हिनामिना र राज्यलाई आर्थिक हानि पुर्‍याइएको छ। आयोगका अनुसार यो कार्यमा संलग्न विभिन्न तहका सरकारी अधिकारी, कर्मचारी तथा अन्य व्यक्ति समेत प्रतिवादी छन्।

भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभा सदस्य माधव कुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।