Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.95K
shares

काठमाडौं, २५ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.५६ अंकले घटेर २,६३२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १३ करोडको कारोबार भएको हो ।

शेयर बजारमा रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ८.५७ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८.०३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी चिलिमे हाइड्रोपावरका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले कमाएका छन् ।