Dhulikhel Eco Banner new

इरान–इजरायल तनावले कच्चा तेलको मूल्य सात प्रतिशतभन्दा बढीले उकालो

3.43K
shares

काठमाडौं, १ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। इरान र इजरायलबीचको चर्किएको युद्धका कारण तेलको भाउमा एकैदिन ७ प्रतिशतभन्दा बढीको उछाल आएको हो।

शुक्रबारको कारोवारमा डब्लूटीआईतेलको मूल्य ७.०० प्रतिशतले बढ्दै प्रतिब्यारेल ७२.९८ अमेरिकी डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य ७.२३ डलरले बढ्दै ७४.२३ अमेरिकी डलरमा पुगेको छ। त्यसैगरी, मुर्बान तेलको मूल्य ६.१७ प्रतिशतले र हिटिङ तेलको मूल्य ७.७७ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेब्रुअरी २०२२ यताकै ठूलो दैनिक वृद्धिको रूपमा यो हेरिएको छ। यद्यपि, इरानले इजरायली हमलाबाट तेलका पूर्वाधारमा कुनै प्रत्यक्ष क्षति नभएको दाबी गरेको छ।