एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता
वि.सं.२०८२ असार ४ बुधवार १८:१८
shares

काठमाडौं, ४ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड’ को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले हाल एनपिएस र एनसिएचको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपिएस र एनसिएच र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपछि एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबार राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।















