Dhulikhel Eco Banner new

बुंगल हाइड्रोले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

1.99K
shares

काठमाडौं, १५ असार । बुंगल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार १५ कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने औपचारिक स्वीकृति दिएको हो।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता आइपीओ जारी गर्नेछ।

हाल कम्पनीमा संस्थापक समूहको लगानी ५३ करोड ९५ लाख रहेको छ। सर्वसाधारण आइपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ पुग्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ। कम्पनीको आइपीओ बिक्री हिमालयन क्यापिटल रहेको छ।