Dhulikhel Eco Banner new

शेयर बजारमा ६५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.74K
shares

काठमाडौं, १८ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३४.६० अंकले बढेर २,६९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ७४ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा ९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन विन लघुवित्तका लगानीकर्ताले ३.३१ प्रतिशतका दरले गुमाएका छन् भने युनिभर्सल पावरका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले २.३८ प्रतिशतका दरले गुमाएका छन् भने अभियान लघुवित्तका लगानीकर्ताले २.३२ प्रतिशतका दरले गुमाएका छन् ।