आजको विनिमय दर, अमेरिकी डलर १२४ रुपैयाँ ६२ पैसा
वि.सं.२०७९ असार ५ आइतवार ११:११
shares

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैया रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ०४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २० पैसा र बिक्री दर १५३ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।















