Dhulikhel Eco Banner new

रिलायबल नेपाल लाइफको सीईओमा नारायण बाबु लोहनी पुनः नियुक्त

3.42K
shares

काठमाडौं, २२ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण बाबु लोहनी पुनः नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई साउन १८ गतेदेखि लागू हुने उल्लेख गरि नियुक्ति गरिएको छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।