Dhulikhel Eco Banner new

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक(पुर्णपाठसहित)

3.24K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत घरजग्गा खरिद कर्जाको सीमा बढाउने निर्णय गरेको छ। अब घर किन्ने व्यक्तिले अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सक्नेछन् । जुन यसअघिको २ करोड रुपैयाँको सीमाबाट बढाइएको हो।

साथै, नयाँ व्यवस्थाअनुसार ऋणीले किन्न लागिएको सम्पत्तिको ७० प्रतिशतसम्म मूल्याङ्कनमा आधारित ऋण पाउनेछन्। यसअघि यस्तो कर्जामा मूल्याङ्कनको ५० प्रतिशत मात्र ऋण दिइन्थ्यो।

राष्ट्र बैंकका अनुसार, यो निर्णयले रियल स्टेट बजारमा गति ल्याउने, आवास क्षेत्रको विकासमा टेवा पुर्‍याउने, र कर्जा प्रवाह विस्तार गरी समग्र आर्थिक वृद्धिमा योगदान दिने लक्ष्य राखिएको छ।