Dhulikhel Eco Banner new

आगामी वर्षमा निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले बढ्ने राष्ट्र बैंकको अनुमान

2.6K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा केन्द्रीय बैंकले सो जानकारी दिएको हो।

गभर्नर डा। विश्वनाथ पौडेलले जानकारी दिएअनुसार, सरकारको आगामी आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। उक्त लक्ष्य हासिल गर्न कर्जा प्रवाहमा उल्लेख्य वृद्धि आवश्यक पर्ने भएकाले १२ प्रतिशत कर्जा वृद्धिको अनुमान गरिएको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्दै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने नीति लिएको उल्लेख गरेको छ।