Dhulikhel Eco Banner new

कोरोना पछिको कालखण्डमा घट्दै पुँजी निर्माण, निजी क्षेत्रको योगदान पनि घट्दो

2.82K
shares

काठमाडौं, २७ असार । कोरोना महामारीपछिको अवधिमा कुल स्थिर पुँजीको हिस्सा घट्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। कुल स्थिर पुँजीमा निजी क्षेत्रको पुँजी निर्माण अंशसमेत क्रमशः कमी हुँदै गएको उल्लेख गरिएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा लागत र कर्जाको ब्याजदर न्यून हुँदै गएको भए पनि पुँजी निर्माणमा अपेक्षित सुधार नआएको उल्लेख गरिएको छ। यही कारण निजी क्षेत्रको पुँजी निर्माण अंशमा पनि गिरावट आएको राष्ट्र बैंकको निष्कर्ष छ।

वित्तीय मानसिकतामा लागत र कर्जाको ब्याजदर न्यून हुँदा पनि पुँजी निर्माण अपेक्षा अनुसार सुधार आउन नसकेको हुँदा निजी क्षेत्रको पुँजी निर्माण अंश समेत न्यून हुँदै गएको राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै बताएको हो ।

अर्थतन्त्रका सबल अग्र पृष्ठसम्म सम्बन्ध भएका एवम् उत्पादन र पुँजी निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउन प्रदान गर्ने क्षेत्रतर्फ वित्तीय साधन परिचालनमा दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।