Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंकदर घटाएर ६ प्रतिशतमा झार्‍यो, ब्याजदर कोरिडोरको सीमा समायोजन

2.76K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमा मानिने बैंकदरलाई घटाएर ६ प्रतिशतमा झारेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था ल्याएको हो।

नयाँ नीतिअनुसार बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ। त्यस्तै, ब्याजदर कोरिडोरको तल्लो सीमा मानिने निक्षेप दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाइएको छ।

यसैगरी, मौद्रिक नीतिको मार्गदर्शन दर मानिने नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४।५ प्रतिशत कायम गरिएको छ।

केन्द्रीय बैंकको अनुसार, मौद्रिक नीति सहज बनाउँदै तरलता प्रवाहलाई सन्तुलित राख्ने उद्देश्यले यस्ता समायोजन गरिएको हो।