Dhulikhel Eco Banner new

ऋणीसँग संवादका कार्यक्रम सञ्चालन गर्ने राष्ट्र बैंकको तयारी

2.68K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रका ऋणीहरूसँग प्रत्यक्ष संवाद गर्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत उक्त कार्यक्रमको घोषणा गरिएको हो।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो कार्यक्रम ल्याइएको बताए।