शेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो, राष्ट्र बैंकको मौद्रिक नीतिबाट शेयर बजारमा राहत
वि.सं.२०८२ असार २७ शुक्रवार १४:०९
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बढाउने घोषणा गरेको छ। अबदेखि एक व्यक्तिले शेयर धितोमा अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।
गभर्नर डा। विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर बजारप्रति उदार नीति लिएको देखिन्छ। यसअघि १५ करोड रुपैयाँ रहेको कर्जाको सीमा एकैपटक १० करोड रुपैयाँले बढाइएको हो।
राष्ट्र बैंकको यस निर्णयले पूँजी बजारमा तरलता प्रवाह हुने र लगानीकर्ताहरूको मनोबल बढ्ने अपेक्षा गरिएको छ। विशेष गरी संस्थागत लगानीकर्ता र ठूलो पूँजी परिचालन गर्न चाहनेहरूका लागि यो नीति सकारात्मक मानिएको छ।
मौद्रिक नीतिले समग्र आर्थिक स्थायित्व कायम गर्ने लक्ष्य राखेको छ भने वित्तीय प्रणालीमा सुधार ल्याउने र निजी क्षेत्रको लगानी प्रवाहलाई बढावा दिने उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको छ।



















