राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ऋणपत्र जारी गर्ने घोषणा
वि.सं.२०८२ असार २७ शुक्रवार १४:१९
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै तरलता व्यवस्थापनका लागि राष्ट्र बैंक ऋणपत्र जारी गर्ने निर्णय गरेको छ।
गभर्नर डा। विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले वित्तीय प्रणालीमा स्थायित्व कायम राख्न र आवश्यक मात्रामा तरलता व्यवस्थापन गर्न यस्तो कदम चाल्ने जानकारी दिएका हुन्।
ऋणपत्रमार्फत राष्ट्र बैंकले बजारबाट आवश्यक पर्ने रकम संकलन गरी मुद्रा सञ्जालमा अस्थिरता आउन नदिनुपर्ने आवश्यकता औंल्याएको छ। यसले बजारमा आवश्यक नियन्त्रण र आर्थिक सन्तुलन कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
गभर्नर पौडेलले मौद्रिक नीतिले आर्थिक वृद्धि र वित्तीय स्थिरता दुवैलाई प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा वित्तीय प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



















