फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलन सीमा हटाइयो
वि.सं.२०८२ असार २७ शुक्रवार १४:२१
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ ।
शुक्रबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त व्यवस्था समेटिएको हो।
यसअघि फाइनान्स कम्पनीहरूले आफ्नो प्राथमिक पूँजीको १५ गुणासम्म मात्र निक्षेप संकलन गर्न पाउने सीमा तोकिएको थियो।
तर अब उक्त सीमा हटाइएपछि उक्त सीमा भन्दा बढी निक्षेप संकलन गर्न सक्ने बाटो खुलेको छ।राष्ट्र बैंकले यस निर्णयसँगै आवश्यक निर्देशन जारी गर्दै मौद्रिक नीतिको कार्यान्वयन अघि बढाउने जनाएको छ।



















