Dhulikhel Eco Banner new

राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा खुकुलोपना ल्याउने

2.54K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा लगाइएको सीमामा सुधार गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लाभांश वितरणको नियममा केही खुकुलोपना गर्ने संकेत गरेको छ।

हाल लघुवित्तहरूले वार्षिक रूपमा १५ प्रतिशतभन्दा बढी नगद वा बोनसको रूपमा लाभांश वितरण गर्न नपाउने व्यवस्था लागू छ। तर, आगामी मौद्रिक नीतिले यो व्यवस्था पुनरावलोकन गर्ने र आवश्यक संशोधन गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ।

गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा जारी मौद्रिक नीतिले वित्तीय संस्थाहरूलाई थप सशक्त बनाउने र उनीहरूको दीगो विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ।