Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.04K
shares

काठमाडौं, ३० असार । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३२ अंकले बढेर २,७२८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब १७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.९० प्रतिशतका दरले बढेको छ ।

यसदिन केबिएल ऋणपत्रका लागनीकर्ताले ५.७७ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन हाइड्रोपावरका लागनीकर्ताले ४.४८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी जोशी जलविद्युत विकास कम्पनीका लागनीकर्ताले ४.४३ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्टका लागनीकर्ताले ४.१२ प्रतिशतका दरले कमाएका छन् ।