Dhulikhel Eco Banner new

शेयर बजारमा १९८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2K
shares

काठमाडौं, ३० असार । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३२ अंकले घटेर २,७२८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब १७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन धौलागिरी लघुवित्तका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआइएबि बैंकका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स बैंकका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन् ।