भेटायोको नयाँ अफरः सोफा सफाइ सेवा अब प्रति सिटर मात्र ६०० मा उपलब्ध
वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३
shares

काठमाडौं, ३१ असार । घरको सौन्दर्य र स्वास्थ्यलाई मध्यनजर गर्दै भेटायोले सोफा सफाइ सेवा सुरु गरेको छ । उक्त सेवामा ग्राहकले प्रति सिटर ६०० मा सेवा प्राप्त गर्न सक्ने भएको हो ।
उक्त सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र सीमित छ । ग्राहकहरूले आफूलाई उपयुक्त मिति र समय छानेर सेवा घरमै प्राप्त गर्न सक्ने सुविधा पाउनेछन्।
कम्पनीका अनुसार दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग र ब्याक्टेरिया सजिलै जम्ने गर्छन्। लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, घरपरिवारको स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्छ, जसले खोकी, एलर्जी र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। यस्तो अवस्थामा नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अनिवार्य बन्दै गएको भेटायोको तर्क छ।
भेटायोको अनुभवी टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीको प्रयोग गरी सोफालाई नयाँजस्तै बनाउने दाबी गरेको छ। धुलो, दाग, गन्ध र जीवाणुहरूलाई हटाउन विशेष प्रविधि प्रयोग गरिने यस सेवामा, एक सिटर सफा गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ।
सेवा बुकिङ गर्न ग्राहकले भेटायो मोबाइल एप प्रयोग गर्न सक्नेछन् वा भेटायोको कल सेन्टरमा फोन गरेर सेवा अनुरोध गर्न सक्नेछन्। सेवा अनुरोध गरेपछि तोकिएको समयमा सफाइ टोली ग्राहकको घरमै पुग्नेछ र सफाइ तथा सुख्खाइ प्रक्रिया सम्पन्न गर्नेछ।
यसका अतिरिक्त, भेटायो एपमार्फत प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर सेवा लगायत १५ भन्दा बढी सेवाहरू प्रदान गरिँदै आएको छ। कम्पनीले यी सबै सेवाहरू सुरक्षित, भरपर्दो र प्रयोगकर्ता–मैत्री मोबाइल एपमार्फत उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।



















