शाइन रेसुङ्गा डिबेञ्चर बाँडफाँड, ५.९५ गुणा बढी आवेदन
वि.सं.२०८२ साउन ९ शुक्रवार १०:२०
shares

काठमाडौं, ९ साउन । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिबेञ्चर” बाँडफाँड भएको छ।
एक अर्ब रुपैयाँ बराबरको कुल १० लाख कित्ता ऋणपत्र साउन ८ गते निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड गरिएको हो। उक्त ऋणपत्रमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।
शाइन रेसुङ्गाले निष्काशन गरेको कुल ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागत तर्फका लगानीकर्ताका लागि र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो। ऋणपत्र गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो।
निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड प्रक्रिया पारदर्शी ढंगले सम्पन्न गरेको जनाएको छ



















