Dhulikhel Eco Banner new

हिमालयन लघुवित्त घाटाबाट नाफामा

3.03K
shares

काठमाडौं, १४ साउन । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय सुधार गर्दै घाटाबाट नाफामा फर्किएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २० लाख रुपैयाँको खुद घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत तीव्र सुधार देखिएको छ। अघिल्लो वर्ष ऋणात्मक ०.६३ रुपैयाँ रहेको ईपीएस यस वर्ष २८.७० रुपैयाँमा उक्लिएको छ ।

कम्पनीको वित्तीय सुधार हुनुमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा देखिएको वृद्धि मुख्य कारण हो। अघिल्लो वर्ष २२ करोड २७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस्तै, खुद सञ्चालन आम्दानी २४ करोड १८ लाख रुपैयाँबाट ६९।४० प्रतिशतले वृद्धि भई ४० करोड ९७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष ३५ लाख रुपैयाँ सञ्चालन घाटा भोगेको कम्पनीले यो वर्ष १ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

कम्पनीको हालको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम ४ करोड ५५ लाख, रिजर्भ कोषमा ११ करोड ९२ लाख र वितरणयोग्य नाफा (लाभांश क्षमता) ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

साथै, कम्पनीले हालसम्म ३ अर्ब ८२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यद्यपि कम्पनीको खराब कर्जा अनुपात भने केही बढेको देखिन्छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष ५.३३ प्रतिशतमा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ हाल १४८.१६ रुपैयाँ रहेको छ