शेयर बजारमा १६ अर्ब ४४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन १४ बुधवार १५:५३
2.81K
shares
shares

काठमाडौं, १४ साउन । शेयर बजारमा १६ अर्ब ४४ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ३२ करोड १२ लाख कारोबार भएको हो ।
यसदिन हिमालयन डिस्टिलरीको ७३ करोड २९ लाख कारोबार भएको छ भने शिवम सिमेन्टको ५७ करोड ३३ लाखको कारोबार भएको छ ।
त्यसैगरी ग्रीन भेन्चर्सको ५६ करोड ६९ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ५४ करोड ३५ लाख कारोबार भएको छ ।



















