सिवाईसी नेपाल लघुवित्तको नाफामा वृद्धि, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ साउन १८ आइतवार १०:१३
shares

काठमाडौं, १८ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उल्लेखनीय वित्तीय प्रगति गर्न सफल भएको छ। कम्पनीले गत आवको असार मसान्तसम्म ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएर अघिल्लो वर्षको ३ करोड ८० लाख रुपैयाँ नाफाको तुलनामा २०८.४४ प्रतिशतको वृद्धि हासिल गरेको हो।
कम्पनीको नाफा वृद्धि मुख्यतः आम्दानी बढेका कारण भएको हो। अघिल्लो वर्ष ३१ करोड ८७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ४१।३० प्रतिशतले बढेर ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ। यससँगै, कम्पनीको खुद सञ्चालन आम्दानी ३७ करोड ९१ लाख रुपैयाँबाट ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५०।५३ प्रतिशतले वृद्धि भई १६ करोड २७ लाख रुपैयाँमा उक्लिएको छ।
यो प्रगतिको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानी मा पनि स्पष्ट देखिएको छ। अघिल्लो वर्ष १४.३० रुपैयाँ रहेको हाल ४४.०९ रुपैयाँ पुगेको छ। साथै, खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष ४.९५ प्रतिशत रहेकोमा घटेर ४.५४ प्रतिशतमा झरेको छ।
कम्पनीको हालको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ र अन्य रिजर्भमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ। कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
प्रतिशेयर नेटवर्थ २७७.१७ रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा ९ करोड १० लाख रुपैयाँ पुगेको छ ।



















