सिंगटी हाइड्रो इनर्जीले कमायो १४ करोड ९९ लाख खुद नाफा
वि.सं.२०८२ साउन १९ सोमवार ११:१४
3.03K
shares
shares

काठमाडौं, १९ साउन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्ममा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत वर्ष सोही अवधिमा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो। यसरी कम्पनीले घाटाबाट नाफामा उक्लिन सफल भएको हो।
कम्पनीले आयोजना प्रभावकारी रूपमा सञ्चालनमा ल्याएसँगै विद्युत् बिक्रीबाट भएको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यो आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट ६८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको ८ करोड ३० लाख रुपैयाँको तुलनामा निकै उच्च हो।

















