Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि

3.38K
shares

काठमाडौं, २६ साउन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २८.४४ अंकले घटेर २,८२१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब २१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा रिभर फल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६४ प्रतिशतका दरले गुमाएका हुन् ।