Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.72K
shares

काठमाडौं, २६ साउन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २८.४४ अंकले घटेर २,८२१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब २१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा रिभर फल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले ६.८७ प्रतिशतका दरले कमाएका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना–२ का लगानीकर्ताले ४.१५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले कमाएका छन् भने बुद्धभुमि नेपाल हाइड्रोपावरका ३.४७ प्रतिशतका दरले कमाएका छन् ।