शेयर बजारमा २२० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ साउन २६ सोमवार १५:३६
shares

काठमाडौं, २६ साउन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २८.४४ अंकले घटेर २,८२१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब २१ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६४ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन लिबर्टि इनर्जीका लगानीकर्ताले ७.०६ प्रतिशतका दरले गुमाएका छन् भने ट्रेड टावरका ६.९९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सिवाइसि नेपाल लघुवित्तका लगानकिर्ताले ५.७४ प्रतिशतका दरले गुमाएका छन् भने विन नेपाल लघुवित्तका लगानीकर्ताले ५.७२ प्रतिशतका दरले गुमाएका छन् ।



















