Dhulikhel Eco Banner new

शेयर बजारमा १० अर्ब २१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.74K
shares

काठमाडौं, २६ साउन । शेयर बजारमा १० अर्ब २१ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी साहास ऊर्जाको ३६ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावर कम्पनीको २९ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ ।