एलजी नेपालले मनायो ४० वर्षको टिकाउपन र विश्वासको उत्सव
वि.सं.२०८२ साउन ३० शुक्रवार १५:४३
shares

काठमाडौं, ३० साउन । गुणस्तर, नवप्रवर्तन र टिकाउपनको प्रतीक बनेको एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सव विशेष उत्सवका साथ मनाएको छ। ‘४० वर्षको टिकाउपन’ नाम दिइएको यो अभियानमार्फत एलजीले नेपाली उपभोक्तासँग चार दशकदेखि कायम रहेको अटुट विश्वास, सम्बन्ध र साथको कदर गरेको छ।
एलजीको यो यात्रा केवल समयको गन्ती होइन, बरु नेपाली परिवारहरूसँग जोडिएको गहिरो भावनात्मक सम्बन्ध र दीर्घकालीन भरोसाको प्रतिनिधित्व हो। सन् १९८० को दशकदेखि नेपालमा प्रवेश गरेको एलजीले सुरुका दिनदेखि नै टिकाउ, भरपर्दो र अत्याधुनिक प्रविधियुक्त उत्पादनहरूमार्फत नेपालीहरूको जीवनशैलीमा सहजता ल्याउँदै आएको छ।
एलजी नेपालले फ्रिज, वाशिङ मेसिन, ओएलईडी टिभी, एयर कन्डिसनर, साउन्ड सिस्टम लगायतका उपभोग्य विद्युतीय उपकरणहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। यी सबै उत्पादनहरू दीर्घकालीन टिकाउपन, ऊर्जा दक्षता, र नवीन प्रविधिले भरिएका छन्, जसले गर्दा एलजी नेपाली घर–घरको अभिन्न अंग बन्न सफल भएको हो।
कम्पनीले सुरु गरेको ‘४० वर्षको टिकाउपन’ क्याम्पेनले “साथ वर्षौंको, सम्बन्ध विश्वासको” भन्ने मूल नारालाई आत्मसात् गर्दै, ग्राहकसँगको पुरानो सम्बन्ध र एलजीले दिएको भरोसाको सम्झना दिलाउने उद्देश्य राखेको छ।
सो अवसरमा एलजी नेपालका ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले भने,
“एलजीको ४० वर्षे यात्रा नेपाली ग्राहकहरूको अटुट विश्वास र लगातार समर्थनबिना सम्भव हुने थिएन। नेपालमा एलजीका उत्पादनहरू दुई दशकभन्दा बढी समयदेखि प्रयोग भइरहेका छन् र ग्राहकहरू यी उत्पादनप्रति पूर्णरूपमा विश्वस्त हुनुहुन्छ। हामी हाम्रो वाचा दोहोर्याउँछौं—नेपाली परिवारको जीवनलाई अझ सहज, आधुनिक र समृद्ध बनाउनका लागि हामी निरन्तर अत्याधुनिक प्रविधि र टिकाउपनयुक्त उत्पादनहरू ल्याइरहनेछौं।”



















