स्मार्ट च्वाइस टेक्नोलोजिजले मनायो २४औं वार्षिकोत्सव
वि.सं.२०८२ साउन ३० शुक्रवार १६:०१
shares

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले २९ साउनमा २४औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू तथा विभिन्न सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाको विगतका उपलब्धिहरू र भविष्यका योजनाहरू प्रस्तुत गर्दै, कम्पनीले प्रदान गर्दै आएको कार्ड सेवा, मोबाइल बैंकिङ सेवा, अन्तर बैंक भुक्तानी भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवा को प्रगति तथा भावी रणनीति स्पष्ट पारे।
स्मार्ट च्वाइस टेक्नोलोजिजको नविनतम सेवा हो, जसले मर्चेन्टहरूलाई आफ्नो भुक्तानीको रियल(टाइम जानकारी आवाजमार्फत प्राप्त गराउने सुविधा दिन्छ।
सदस्य बैंक तथा वित्तीय संस्थाका लागि लक्षित एकीकृत व्यवस्थापन प्लेटफर्म हो। यसमार्फत व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद समाधान, सतर्कता व्यवस्थापन, रिपोर्ट निर्माण लगायतका कार्यहरू एकै ठाउँबाट सहज रूपमा गर्न सकिनेछ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २४ वर्षदेखि नेपालको डिजिटल भुक्तानी प्रणालीमा अग्रणी भूमिका खेल्दै आएको छ। संस्थाले भविष्यमा अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।



















