दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८२ भदौ १ आइतवार १५:१२
2.99K
shares
shares

काठमाडौं, १ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.७० अंकले घटेर २,७६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ७३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा आरबीबी म्युचुअल फन्ड १का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.९३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.०६ प्रतिशतका दरले गुमाएका हुन् ।



















