Dhulikhel Eco Banner new

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य घटदा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.64K
shares

काठमाडौं, २ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.७५ अंकले बढेर २,७७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब १७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन, समता घरेलु लघुवित्तका लगानीकर्ताले ३.५३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३.३६ प्रतिशतका दरले गुमाएका छन् ।