Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

3.24K
shares

काठमाडौं, ८ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.०२ अंकले घटेर २,७३९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका हुन् ।