Dhulikhel Eco Banner new

शेयर बजारमा ३८.१० अंकको पहिरो, २२७ कम्पनीको शेयर मूल्यमा गिरावट

3.42K
shares

काठमाडौं, १२ भदौ । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.१० अंकले घटेर २,७८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ९ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, ओरिएन्टल होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका हुन् ।