शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ भदौ १२ बिहीवार १५:३९
shares

काठमाडौं, १२ भदौ । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.१० अंकले घटेर २,७८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ९ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा ओरिएन्टल होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन लूम्बिनी विकास बैंकका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाएका छन् भने सांग्रिला विकास बैंकका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।



















