Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.09K
shares

काठमाडौं, १७ भदौ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.८९ अंकले घटेर २७४१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन ८.५ प्रतिशत बिओके डिबेन्चर २०८६का लगानीकर्ताले ४.४४ प्रतिशतका दरले कमाएका छन् भने ७ प्रतिशत आरबिबिएल ऋणपत्र २०८८का लगानीकर्ताले ३.८५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्डका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीर्ताले ३.६० प्रतिशतका दरले कमाएका छन् ।