Dhulikhel Eco Banner new

फेसबुकसहितका सामाजिक सन्जाल बन्द हुने

4.3K
shares

काठमाडौं, १९ भदौ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले यो कदम उठाएको हो।

सरकारले आजैदेखि यी सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई औपचारिक पत्राचार गरिसकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा भइरहेका समस्या र सर्वोच्च अदालतको निर्देशनलाई ध्यानमा राख्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको जनाएको छ।