Dhulikhel Eco Banner new

शेयर बजारमा १६५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.68K
shares

काठमाडौं, १९ भदौ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५५ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३।८३ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन पिपुल्स पावर र दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले ३.४५ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी ग्लोबल आइएमई सम्मुनत योजनाका लगानीकर्ताले ३.०८ प्रतिशतका दरले गुमाएका छन् ।