Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.72K
shares

काठमाडौं, २२ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५२ अंकले घटेर २७०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन एनबिएल समद्धि फन्डका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले कमाएका छन् भने युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी मेगा म्युचुअल फन्डका लगानीकर्ताले ४.६९ प्रतिशतका दरले कमाएका छन् भने एनआइबिएल ग्रोथ फनडका लगानीकर्ताले ४.१५ प्रतिशतका दरले कमाएका छन् ।