Dhulikhel Eco Banner new

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट घाइते एक प्रदर्शनकारीको मृत्यु

3.47K
shares

काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरमा प्रहरीले चलाएको गोलीबाट घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

सिभिल अस्पतालका निर्देशक डा। मोहन रेग्मीका अनुसार गोली लागेर गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ। हालसम्म मृतकको परिचय खुल्न सकेको छैन। अस्पतालले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

घटनामा ७०–८० जना प्रदर्शनकारी घाइते भएको र उनीहरू सिभिल अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा उपचाररत रहेको डा। रेग्मीले जानकारी दिए।

आजको आन्दोलन माइतीघरबाट सुरु भई नयाँबानेश्वरस्थित संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रण बाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको थियो, जसमा अश्रुग्यास, लाठीचार्ज र गोलीसमेत चलाइएको थियो।