Dhulikhel Eco Banner new

प्रदर्शनमा उत्रिएका युवा नयाँबानेश्वरबाट पक्राउ

3.07K
shares

काठमाडौं, २४ भदौ । कर्फ्युको अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो घटेको घटनामा १९ जना युवाको ज्यान गएपछि शोक, आक्रोश र आन्दोलित भावनाका साथ उनका साथी तथा आफन्तहरु सडकमा उत्रिएका थिए। उनीहरुले सरकारको जवाफदेहिता माग्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही युवालाई प्रहरीले पक्राउ गरेको पुष्टि गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। आदेशअनुसार चक्रपथ क्षेत्रभित्रका सबै गतिविधिमा रोक लगाइएको छ।

संसद भवन अगाडि र वरपरका क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मीहरू खटिएका छन्। उनीहरूले सडक अवरुद्ध पार्दै ब्यारिकेड राखेर आवागमन नियन्त्रणमा लिएका छन्।