देशभर चर्किएको प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था मंगलबार बन्द रहने
वि.सं.२०८२ भदौ २४ मंगलवार १०:२३
shares

काठमाडौं, २४ भदौ । जेनजी आन्दोलनमा राज्यद्वारा गरिएको दमनपछि देशभर चर्किएको आक्रोशका कारण मंगलबार ९२५ भदौ० देशभरका बैंक तथा वित्तीय संस्था नखुल्ने भएका छन्। आम जनआक्रोश शान्त राख्न तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नेपाल बैंकर्स संघले जनाएको छ।
काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रभित्र प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ भने देशका विभिन्न सहरहरूमा कर्फ्यु लगाइएको छ। यिनै परिस्थितिलाई मूल्याङ्कन गर्दै बैंकर्स संघले सम्पूर्ण शाखा बन्द गर्ने निर्णय गरेको हो।
बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले केटिएमभ्वाइससँग भने, “निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय गरेका छौं। निषेधाज्ञा नभएका क्षेत्रका कर्मचारीहरू पनि कार्यालय पुग्न सक्ने अवस्थामा नरहेकोले शाखा सञ्चालन सम्भव छैन।”
उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेरै यस्तो निर्णयमा पुगेको जानकारी दिए। “कर्फ्यु लागेको ठाउँमा त बैंक खोल्ने सम्भावना नै छैन,” रेग्मीले भने, “तर आपतकालीन अवस्थाका लागि डिजिटल ट्रान्सजेक्सन खुला रहनेछ।”



















